• २०८१ बैशाख ८ शनिबार

घरेलु मैदानमा भिल्ला रियलसँग हार्यो रियल म्याड्रिड, जिदानको संकट बढ्यो

kharibot

काठमाडौ । स्पेनिस ला लिगामा रियल म्याड्रिड घरेलु मैदानमा भिल्ला रियलसँग पराजित भएको छ । लगातारको हारपछि रियल म्याड्रिडसंकटमा परेको छ । हारपछि रियलका म्यानेजर जिनेदिन जिदानलाई पद छोड्न दबाब बढ्न थालेको छ ।

गएराती भएको खेलमा रियल म्याड्रिड १-० गोल अन्तरले पराजित भएको हो । हारसँगै लिगमा रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १६ अंकले पछाडी परेको छ ।

यस खेलमा भिल्ला रियलका पाब्लो फोर्नाल्सले खेलको ८७औ मिनेटमा गोल गर्दै रियलमाथि महत्वपूर्ण जित दिलाएका थिए ।

घरेलु मैदानमा रियलले पुरा खेलमा आफ्नो दबदबा बनाएपनि गोल गर्न नसक्दा खेल हार्नु परेको थियो । रियल म्याड्रिडलाई यस खेलमा भाग्यले पनि साथ् नदिएको देखिन्थ्यो । खेलको पहिलो हाफमा दुई पटक पेनाल्टको मौकालाई रेफ्रीले दिन अस्विकार गरेपछि गोल गर्ने अवसरबाट चुकेको थियो ।

यस खेलमा रियलका तर्फबाट कुल २८ पटक गोल गर्न सट प्रहर भएको थियो । त्यस्तै भिल्ला रियलले रियलको घरेलु मैदानमा पछिल्ला १८ खेलपछि जित हासिल गरेको छ । यस अघि खेलेका १७ खेलमा ५ खेल बराबरी भएका थिए भने १२ खेलमामा हार बेहोरेको भिल्लारियलले १८औ खेलमा जित हासिल गरेको छ ।

रियल म्याड्रिडले ला लिगाको यस सिजनमा घरेलु मैदानमा पछिल्ला ५ खेलमा जित निकाल्न सकेको छैन । ५ खेलमा २ खेल बराबरीमा सकिएको छ भने ३ खेलमा हार बेहोरेको छ ।
ला लिगामा रियल म्याड्रिड १८ खेलमा ३२ अंक सहित लिगको ५औ स्थानमा रहेको छ ।

रियल यस सिजनमा ४ खेलमा पराजित भएको छ भने ५ बराबरी र ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै भिल्ला रियल १९ खेलमा ३१ अंक सहित लिगमा छैठौ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै