घरेलु मैदानमा भिल्ला रियलसँग हार्यो रियल म्याड्रिड, जिदानको संकट बढ्यो

खरीबोट

काठमाडौ । स्पेनिस ला लिगामा रियल म्याड्रिड घरेलु मैदानमा भिल्ला रियलसँग पराजित भएको छ । लगातारको हारपछि रियल म्याड्रिडसंकटमा परेको छ । हारपछि रियलका म्यानेजर जिनेदिन जिदानलाई पद छोड्न दबाब बढ्न थालेको छ ।

गएराती भएको खेलमा रियल म्याड्रिड १-० गोल अन्तरले पराजित भएको हो । हारसँगै लिगमा रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १६ अंकले पछाडी परेको छ ।

यस खेलमा भिल्ला रियलका पाब्लो फोर्नाल्सले खेलको ८७औ मिनेटमा गोल गर्दै रियलमाथि महत्वपूर्ण जित दिलाएका थिए ।

घरेलु मैदानमा रियलले पुरा खेलमा आफ्नो दबदबा बनाएपनि गोल गर्न नसक्दा खेल हार्नु परेको थियो । रियल म्याड्रिडलाई यस खेलमा भाग्यले पनि साथ् नदिएको देखिन्थ्यो । खेलको पहिलो हाफमा दुई पटक पेनाल्टको मौकालाई रेफ्रीले दिन अस्विकार गरेपछि गोल गर्ने अवसरबाट चुकेको थियो ।

यस खेलमा रियलका तर्फबाट कुल २८ पटक गोल गर्न सट प्रहर भएको थियो । त्यस्तै भिल्ला रियलले रियलको घरेलु मैदानमा पछिल्ला १८ खेलपछि जित हासिल गरेको छ । यस अघि खेलेका १७ खेलमा ५ खेल बराबरी भएका थिए भने १२ खेलमामा हार बेहोरेको भिल्लारियलले १८औ खेलमा जित हासिल गरेको छ ।

रियल म्याड्रिडले ला लिगाको यस सिजनमा घरेलु मैदानमा पछिल्ला ५ खेलमा जित निकाल्न सकेको छैन । ५ खेलमा २ खेल बराबरीमा सकिएको छ भने ३ खेलमा हार बेहोरेको छ ।
ला लिगामा रियल म्याड्रिड १८ खेलमा ३२ अंक सहित लिगको ५औ स्थानमा रहेको छ ।

रियल यस सिजनमा ४ खेलमा पराजित भएको छ भने ५ बराबरी र ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै भिल्ला रियल १९ खेलमा ३१ अंक सहित लिगमा छैठौ स्थानमा रहेको छ । 
 

सम्बन्धित समाचार

रियल म्याड्रिडले भन्यो – ‘नेइमारलाई ल्याउने कुनै योजना छैन’

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले पिएसजीबाट खेल्ने ब्राजिलका फुटबल स्टार नेइमारलाई क्लबमा भित्राउने आफ्नो योजना नभएको बताएको छ । नेइमार रियल म्याड्रिड जाने लगातार समाचारहरु प्रकाशित भएपछि रियलले एक विज्ञप्ति

मेसीले जिते पाँचौ पटक युरोपियन गोल्डेन सुज  

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले यस सिजनको युरोपियन गोल्डेन सुज जितेका छन् ।  युरोपका लिगहरु मध्ये यस सिजनमा धेरै ३४ गोल गरेका मेसीले शिर्ष स्थानमा रहदै युरोपियन गोल्डेन सुज

बार्सिलोना ला लिगाको अन्तिम खेलमा विजयी, कोन्टिन्होले गरे निर्णायक गोल 

काठमाडौँ । बार्सिलोनाले आफ्नो ला लिगाको अन्तिम खेल जितेर ला लिगाको अन्त्य गरेको छ ।  यस अघि नै ला लिगाको उपाधि जितेको बार्सिलोनाले गएराती भएको खेलमा रियल सोसियडाडलाई १-० गोल अन्तरले

रियलविरुद्ध भिल्लारियलको उत्कृष्ट कमब्याक, तेस्रो स्थानमा मै रोकियो रियल म्याड्रिड

काठमाडौँ । स्पेनिस क्लबले तेस्रो स्थानमा रहदै यस सिजनको ला लिगाको अन्त्य गरेको छ ।  गएराति भिल्ला रियल विरुद्धको खेल २-२ गोलको बराबरीमा सकिएपछि रियलले ३८ खेलमा ७६ अंकसहित तेस्रो स्थानमा