दुर्गा तिवारीको हत्यामा संलग्न सिंजालीलाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो

खरीबोट

काठमाडौँ ।  नेपाल प्रहरीले गतबर्ष युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । 

विसं २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई आज इन्टरपोल कतारमार्फत पक्राउ गरी नेपाल ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार सिंजालीलाई इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयको आधारमा आज कतार एयरवेजको उडानद्वारा नेपाल ल्याइएको जानकारी दिए । 

उक्त घटनामा फरार रहेका सिंजालीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं र १६ नं को कसुर अपराध बमोजिम संगठित अपराध निवारण ऐनअनुरुप सजाय हुने गरी अदालतसमक्ष पेश गरेको थियो । उनलाई थप आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, बुटबल पठाउने प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

रुकुमका एक व्यक्तिले गरे छोरा र भाइको हत्या

  जाजरकोट । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय

निशान अपहरणपछि हत्या प्रकरणमा तीन आमालाई पुत्र वियोग

भक्तपुर। यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् ।  काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको

प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपीद्वय अदालतमा हाजिर

गौशाला। सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।  उनिहरूसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी

निको नहुने घाउ बन्यो छोराको हत्या

भक्तपुर । कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन् ।  गणेश छोराको