दुर्गा तिवारीको हत्यामा संलग्न सिंजालीलाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो

खरीबोट

काठमाडौँ ।  नेपाल प्रहरीले गतबर्ष युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । 

विसं २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई आज इन्टरपोल कतारमार्फत पक्राउ गरी नेपाल ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार सिंजालीलाई इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयको आधारमा आज कतार एयरवेजको उडानद्वारा नेपाल ल्याइएको जानकारी दिए । 

उक्त घटनामा फरार रहेका सिंजालीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं र १६ नं को कसुर अपराध बमोजिम संगठित अपराध निवारण ऐनअनुरुप सजाय हुने गरी अदालतसमक्ष पेश गरेको थियो । उनलाई थप आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, बुटबल पठाउने प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

पाल्पामा वृद्धाको हत्या

पाल्पा / बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ ।  छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी

कञ्चनपुरको कृष्णपुरमा श्रीमान द्वारा श्रीमतीको हत्या

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।  बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

उर्लाबारी, मोरङ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले

कञ्चनपुरको वनदेवी मन्दिरका सन्तबीचको झगडा हुँदा एकको  हत्या

भीमदत्तनगर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको आज मृत्यु भएको छ ।  साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको