• २०८१ बैशाख ६ बिहीबार

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजालीलाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो

kharibot

काठमाडौँ ।  नेपाल प्रहरीले गतबर्ष युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । 

विसं २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई आज इन्टरपोल कतारमार्फत पक्राउ गरी नेपाल ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार सिंजालीलाई इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयको आधारमा आज कतार एयरवेजको उडानद्वारा नेपाल ल्याइएको जानकारी दिए । 

उक्त घटनामा फरार रहेका सिंजालीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं र १६ नं को कसुर अपराध बमोजिम संगठित अपराध निवारण ऐनअनुरुप सजाय हुने गरी अदालतसमक्ष पेश गरेको थियो । उनलाई थप आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, बुटबल पठाउने प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै