दुर्गा तिवारीको हत्यामा संलग्न सिंजालीलाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो

खरीबोट

काठमाडौँ ।  नेपाल प्रहरीले गतबर्ष युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । 

विसं २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई आज इन्टरपोल कतारमार्फत पक्राउ गरी नेपाल ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार सिंजालीलाई इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयको आधारमा आज कतार एयरवेजको उडानद्वारा नेपाल ल्याइएको जानकारी दिए । 

उक्त घटनामा फरार रहेका सिंजालीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं र १६ नं को कसुर अपराध बमोजिम संगठित अपराध निवारण ऐनअनुरुप सजाय हुने गरी अदालतसमक्ष पेश गरेको थियो । उनलाई थप आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, बुटबल पठाउने प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

गौशाला / महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ ।  हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन्

कैलालीमा बेपत्ता भएकी युवतीको हत्या

भीमदत्तनगर / छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार

ऋण तिर्न नसक्दा एउटै परिवारका ६ जनाले गरे आत्महत्या 

दक्षिण एसिया । भारतको राजधानी नयाँ दिल्लीको बुराडी आत्महत्या सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको अर्को सामूहिक आत्महत्या भएको छ । हजारीबाग जिल्लाका एक परिवारका ६ जनाले सामूहिक आत्महत्या गरेको भारतीय मिडियाले

गंगामायाका छोराका हत्या आरोपी छविलाल पौडेल पक्राउ

काठमाडौँ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपी छविलाल पौडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सर्वोच्च अदालतको आदेशअनुसार पौडेललाई पक्रेर डिल्लीबजार कारागार चलान गरिएको जनाएको छ । २०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र