नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

खरीबोट

रत्ननगर, चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ । 

रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । 

थारुको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो । प्रहरीले आज सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो । 

यसअघि यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आजदेखि माघ २ गतेसम्म सडक खुला रहने छ । 

आजदेखि यहाँ सडकमा करिब ३० प्रतिशत सवारी चाप बढेको उहाँले जानकारी दिनुभयो । जसका कारण आज दिनभर नै यातायात प्रभावित भएको थियो । जोखिम कम भए पनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ । गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । 

आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ । 

सम्बन्धित समाचार

‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन’

धादिङ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताएका छन् । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त

नारायणगढ–मुग्लिन सडकखण्डको मिति चौथो पटक थप्ने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना

नारायणगढ–मुग्लिन सडकखण्डमा रोलरले च्यापेर एकको मृत्यु

चितवन ।  भरतपुर महानगरपालिका वडा नं १ स्थित नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारी नजिकै सडक मर्मत गर्ने क्रममा रोलरले च्यापेर एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार को१क ४७८ नंको रोलरले आज बिहान

मुग्लिन–नारायणगढ सडक १० घण्टापछि खुल्यो

रत्ननगर, चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टान (ढुंगो)का कारण रोकिएका सवारी अहिले राति ८ बजेबाट पुनः सञ्चालनमा आएका छन् ।  मंगलबार तोकिएभन्दा चार घण्टा बढी