नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

खरीबोट

रत्ननगर, चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ । 

रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । 

थारुको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो । प्रहरीले आज सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो । 

यसअघि यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आजदेखि माघ २ गतेसम्म सडक खुला रहने छ । 

आजदेखि यहाँ सडकमा करिब ३० प्रतिशत सवारी चाप बढेको उहाँले जानकारी दिनुभयो । जसका कारण आज दिनभर नै यातायात प्रभावित भएको थियो । जोखिम कम भए पनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ । गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । 

आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ । 

सम्बन्धित समाचार

नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन / आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको

पहिरोका कारण नारायणगढ—मुग्लिन सडकखण्ड अवरुद्ध, दुइतर्फी खुल्न एक बजेसम्म लाग्ने 

चितवन  । नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ६ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  पहिरो

नारायणघाट-मुग्लिन सडकखण्डको भासिएको ठाउँमा वर्षापछि भित्तो काट्न सुझाव

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ ।  गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको

पहिरोले मुग्लिन सडक बन्द

रत्ननगर / चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।  आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी