जावलाखेलमा एनसेल मेला भव्यरुपमा सम्पन्न

खरीबोट

काठमाडौं । एनसेलले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजना पश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न,  कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो ।

तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाई गीत(संगीत, फोरजी थिममा आधारित गेमहरु लगायत विविध क्रियाकलावहरुबाट भरपुर मनोरञ्जन लिएका छन् । एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा, पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो । 

मेलामा आगन्तुकहरुको भरपुर मनोरञ्जनका लागि प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायत विविध रोचक क्रियाकलापहरु समावेश गरिएका थिए । 

मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु जस्तै शिव परियार, इन्दिरा जोशी,  आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमा कबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामा आकर्षण थपिएको थियो ।

“एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागी भई मेलालाई सफल बनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशको २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परिक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ । डिजिटल नेपालको भिजनमा योगदान पुर्याउदै अझ धेरै नेपालीहरुलाई मोवाइल ब्रोडब्याण्डले ल्याउने  अवसरहरुसँग जोड्न एनसेल प्रतिवद्घ छ ।”

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणको मजा लिएका थिए । स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा जुनियर सिङ्गिङ्ग आइडल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

मेलामा आगन्तुकहरुले फोरजी थिममा आधारित विभिन्न आकर्षण गेमहरु जस्तै पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस खेलेर मनोरञ्जन लिएका  थिए । त्यसैगरी मेलामा अन्य गेमहरु फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहेका थिए । आगन्तुकहरुले विभिन्न गेम स्टलहरुमा पुरस्कारहरु पनि जित्न सफल भएका थिए । 

एनसेल मेला २०७४ पुष २२ गते बुटबलमा पनि आयोजना गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विषेश परिस्थितीका कारण कम्पनीले सो कार्यक्रम रद्द गर्नुपरेको थियो । 

सम्बन्धित समाचार

एनसेलले ल्यायो एसईई परीक्षार्थीलाई ‘पहिलो सिम’ योजना

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिकशिक्षा परीक्षा (एसईई) मा सहभागीभएका परीक्षार्थीहरुकालागिविषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।  यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो

एनसेलको टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

मंगलबारे, इलाम । एनसेललको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल

चितवनको एनसेल टावरमा बम विस्फोट

चितवन ।  पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब

 एनसेलको भ्यालेन्टाइन अफर : असिमित कुराकानी, भिडियो च्याटको मजा लिन सक्ने

काठमाडौं । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् ।   नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागि