• २०८१ बैशाख ८ शनिबार

राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

kharibot

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

माघ २४ गते बुधबार हुने निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरे बमोजिम ती ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको हो ।

प्रदेश नम्बर–१, को मोरङ, प्रदेश नम्बर–२, को धनुषा, प्रदेश नम्बर–३, को ललितपुर, प्रदेश नम्बर–४, को कास्की, प्रदेश नम्बर–५ को दाङ, प्रदेश नम्बर–६ को सुर्खेत र प्रदेश नम्बर–७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले न्याय परिषद्को सचिवालयबाट सिफारिस गरिएका सात जना जिल्ला न्यायाधीशलाई पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको जनाएको छ । 

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै