५० बर्ष भयो, जग्गाको लालपुर्जा छ तर स्वामित्व छैन

खरीबोट

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया बासिले बसोबास गरेको ५० बर्ष बिति सक्दा पनि आफ्ना घर टहराको स्वामित्व पाउँन सकेका छैनन् ।

सरकार परिवर्तनसँगै गठन हुँने सुकुम्वासी समस्या समाधान आयोगले कहिले  लालपुर्जा वितरण गर्ने त कहिले सोही पुर्जा रद्द गर्ने प्रवृतिले उनीहरु जग्गाको स्वामित्वबाट बंचित भएका हुँन् ।

लाखौंको लगानीमा निर्मित भवन र विकशित हुँदै गएको पथलैयामा ७ सय २६ घरधुरी परिवारले बसोबास गर्दै आएका छन् ।

पुर्व पश्चिम राजमार्गको निर्माणसँगै २०२१ साल देखि सडकका दुबै किनारामा होटल व्यावसाय सञ्चालन गर्दै आएका उनीहरु २०५५ सालमा सुकुम्बासी समस्या सामधान आयोगले वितरण गरेको जग्गा धनी पुर्जा र २०६७ सालमा आयोगले माँग गरेको प्रमाण पु¥याई हाल सम्मको १८ लाख ५२ हजार ४ सय १६ रुपैयाँ राजश्व समेत दाखिला गरिसकेका छन् । 

हातमा लालपुर्जा छ , स्वामित्व छैन् । करोडौं लगानीका संरचना भएर पनि कुँनै वित्तिय सस्थासँग कारोबार गर्न नपाउँदा याहाँका सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या परेको छ । 

त्यस्तै राज्यले पनि बर्सेनी लाखौंको राजश्व गुमाउँनु परेको स्थानीय प्रकाश लम्सालले बताए । 

१५ बर्ष अगाडी लालपुर्जा हात पारेर पनि साना तिना विवादले अख्तियार सम्म धाउँन परेको र स्वामित्व कायमका लागि सडक आन्दोलन सम्म गरेको स्मरण गराउँदै अब स्थानीय जनप्रतिनिधीले पहल गरिदिए पुर्जाको स्वामित्व पाउँन सकिने स्थानीय समाजसेवी रामदास ध्यौजु बताउँछन् । 

अख्तियारका कारण लालपुर्जा भएरपनि स्वामित्व नपाएको कुरा बुझिएको छ , यसलाई अगाडी बढाउँनका निम्ति आँफु लागी परेको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बताए । 

वर्षौं देखि पुर्जा बाँड्ने र स्वामित्व दिलाउँने आस्वासनले नेताहरुलाई भोट बैंकको थलो बनेको पथलैया स्थानीय प्रतिनिधिहरु आए पछि पुर्जाको स्वामित्व पाउँनेमा आशावादी देखिएका छन् । 
 

सम्बन्धित समाचार

शीतलहरले बाराको जनजीवन कष्टकर

बारा । कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ ।  शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए

बारा प्रहरीको मोटरसाईकल खोजी अभियान : सवारी धनी पहिचान गरी जिम्मा लगाउँन प्रदर्शनी

बारा । बारामा पछिल्लो समय हुँने मोटरसाईकल चोरी नियन्त्रण गर्न र हराएका मोटरसाईकल खोजी गर्न प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ नामक अभियान नैं सञ्चालन गरी विभिन्न समयमा ९२ थान मोटरसाईकल बरामद

छोरीको जन्मदिनमा वरिष्ठ पत्रकार दासले दलित बस्तीमा बाँडे न्यानो

बारा । तीन वर्षिया छोरीको जन्मदिनको अवसर पारेर बिरगंजका समाजसेवी एवंम् वरिष्ठ पत्रकार महेश दासको परिवारले बाराका ५० भन्दा बढी विपन्न परिवारमा न्यानो कपडा वितरण गरेका छन् ।  विहिवार विहान दास परिवारका

बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण

कलैया / जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ ।  यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा