स्वयम्भू ज्ञानमाला भजन घरमा भएको आगलागीमा ३० लाख क्षति

खरीबोट

फाइल तस्बिर

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । 

भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए । 

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुग्नुभएको थियो । घटनामा मानवीय क्षति भएको छैन । 

सम्बन्धित समाचार

साउदी अरेबियाका खेलाडी चढेको विमानमा आगलागी, खेलाडी सुरक्षित

काठमाडौँ । विश्वकप खेलमा सहभागी हुन रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी चढेको विमानमा आगलागी भएको छ ।  विश्वकपमा उरुग्वेसँगको खेलका लागि रूस जान विमानमा सवार खेलाडी तथा खेल

अभिनेत्री दीपिका पादुकोने बस्ने अपार्टमेन्टमा आगलागी 

मुम्बई  ।  बलिउड अभिनेत्री दीपिका पादुकोने  बस्ने अपार्टमेन्ट भवनमा बुधबार आगलागी भएको छ ।  ३३ तले विउमोन्ड नामक टावरमा भीषण आगलागी भएको हो । यसै टावरक २६औं तलामा अभिनेत्री दीपिका बस्दै

दाउन्नेमा रोकिराखेको यात्रुबाहक बसमा आगलागी 

काठमाडौँ । भैरहवाबाट काठमाडौँ हिडेको यात्रुबाहक रात्री बसमा नवलपरासीको दाउन्नेमा आगलागी भएको छ ।  यात्रुहरुलाई खाना खुवाउन रोकी राखेको अवस्थामा लु १ ख ८८६४ नम्बरको यात्रुबसमा अचानक आगलागी हुदा स्थिति तनावपूर्ण

आगलागीबाट घर पूर्ण क्षति तीन घाइते, दुईको अवस्था गम्भीर

दोलखा । दोलखा कालिन्चोक गाउँपालिका–९ सुन्द्रावतीको एक घरमा सोमबार राति आगलागी हुँदा घर जलेर नष्ट हुनाका साथै तीन जना घाइते भएका छन् । साबिक सुन्द्रावती–८ को लेखर्कस्थित शंकर पकुवालको घरमा