• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिडले मेसीलाई भित्राउने असफल प्रयास गरेको खुलासा !

kharibot

काठमाडौँ । रियल म्याड्रिडले बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीलाई भित्राउने असफल प्रयास गरेको खुलासा भएको छ ।

सन् २०१३ मा रियल म्याड्रिडले ग्यारेथ बेललाई कीर्तिमानी मूल्यमा क्लब भित्र्याउनु अघि मेसीलाई क्लबमा ल्याउने प्रयास गरेको खुलासा भएको हो  ।

फुटबल लिक्सले सार्वजनिक गरेको प्रमाणका आधारमा स्पेनिस मिडिया डेर स्पिइगेलमा छापिएको समाचार अनुसार रियलले वर्षको २३ मिलियन युरो पारिश्रमिक दिने गरी मेसीलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको थियो । सन् २०२१ सम्म नै २३ मिलियन युरो पारिश्रमिक दिने तथा दुई सय ५० मिलियन रिलिज क्लब राखेर रियलले मेसीलाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो । 

यस्तै मेस्सीको एजेन्ट पनि रहेका उनका पिता जर्ज मेसीलाई थप १० लाख युरो दिने प्रस्ताव पनि रियलले गरेको खुलासा भएको छ ।

रियल मड्रिडले उनका वकिल इनिगो ख्वारेज मार्फत मेसी र उनका पितासम्म प्रस्ताव पुर्‍याएको थियो । रियलले निजी जेटमा मेसी, क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेज, मेसीका वकिल ख्वारेज, रियलका स्पोर्टिङ निर्देशक मिगुएल पार्डेजा र क्लबका वकिलसहितमो बैठक गर्ने तयारी पनि गरेको थियो ।

रियल म्याड्रिडले ख्वारेजसँग मेसी क्लबमा आए स्पेनिस प्रधानमन्त्री मारियानो रोजोयलाई भनेर मेसीमाथि लागेको करछलीको आरोप र त्यसमा भइरहेको अनुसन्धान रोक्ने प्रतिबद्धता पनि गरेको समाचारमा दाबी गरिएको छ । 

फुटबल लिक्सको सो दाबीलाई रियल म्याड्रिडले भने अस्वीकार गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै