रियल म्याड्रिडले मेसीलाई भित्राउने असफल प्रयास गरेको खुलासा !

खरीबोट

काठमाडौँ । रियल म्याड्रिडले बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीलाई भित्राउने असफल प्रयास गरेको खुलासा भएको छ ।

सन् २०१३ मा रियल म्याड्रिडले ग्यारेथ बेललाई कीर्तिमानी मूल्यमा क्लब भित्र्याउनु अघि मेसीलाई क्लबमा ल्याउने प्रयास गरेको खुलासा भएको हो  ।

फुटबल लिक्सले सार्वजनिक गरेको प्रमाणका आधारमा स्पेनिस मिडिया डेर स्पिइगेलमा छापिएको समाचार अनुसार रियलले वर्षको २३ मिलियन युरो पारिश्रमिक दिने गरी मेसीलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको थियो । सन् २०२१ सम्म नै २३ मिलियन युरो पारिश्रमिक दिने तथा दुई सय ५० मिलियन रिलिज क्लब राखेर रियलले मेसीलाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो । 

यस्तै मेस्सीको एजेन्ट पनि रहेका उनका पिता जर्ज मेसीलाई थप १० लाख युरो दिने प्रस्ताव पनि रियलले गरेको खुलासा भएको छ ।

रियल मड्रिडले उनका वकिल इनिगो ख्वारेज मार्फत मेसी र उनका पितासम्म प्रस्ताव पुर्‍याएको थियो । रियलले निजी जेटमा मेसी, क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेज, मेसीका वकिल ख्वारेज, रियलका स्पोर्टिङ निर्देशक मिगुएल पार्डेजा र क्लबका वकिलसहितमो बैठक गर्ने तयारी पनि गरेको थियो ।

रियल म्याड्रिडले ख्वारेजसँग मेसी क्लबमा आए स्पेनिस प्रधानमन्त्री मारियानो रोजोयलाई भनेर मेसीमाथि लागेको करछलीको आरोप र त्यसमा भइरहेको अनुसन्धान रोक्ने प्रतिबद्धता पनि गरेको समाचारमा दाबी गरिएको छ । 

फुटबल लिक्सको सो दाबीलाई रियल म्याड्रिडले भने अस्वीकार गरेको छ । 
 

सम्बन्धित समाचार

फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

नेपालगन्ज । नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।  मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार

मेसी बने यसबर्ष धेरै कमाउने फुटबलर, रोनाल्डोले भन्दा २८ मिलियन बढी कमाए 

काठमाडौँ । लियोनेल मेसीले यस सिजनमा क्रिस्टियानो रोनाल्डोले भन्दा २८ मिलियन पाउण्ड बढी कमाई गरेको रिपोर्ट सार्वजनिक भएको छ ।  फ्रान्स फुटबलले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मेसीले सय मिलियन पाउण्डको

मैले मेसीलाई फाउल हाने भने म अर्जेन्टिना फर्किन सक्दिन – सेभिला डिफेन्डर मेर्काड़ो 

काठमाडौँ । शनिबार बार्सिलोना र सेभिलाबीच हुने कोपा डेल रेको फाइनल खेलको चर्चा सुरु भएको छ ।  च्याम्पियन्स लिगको घाउलाई बिर्सेर बार्सिलोना कोपाको उपाधि जित्न आफ्नो सारा शक्ति लगाउने तयारी गरेको

च्याम्पियन्स लिगमा रोनाल्डोले मेसीको यस्तो रेकर्ड तोडे

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेसीको एउटा रेकर्ड तोडेका छन् ।  विहिबार राति युभेन्टसलाई खेलको अन्तिम मीनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका रोनाल्डोले मेसीको च्याम्पियन्स लिगमा कुनै एक