तिलौराकोट भ्रमणमा आउने पर्यटक बढे

खरीबोट

जीतपुर, कपिलवस्तु । प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । 

तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । “उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । खासगरी यहाँ म्यानमा, श्रीलंका, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक अत्यधिक मात्रामा आउने गरेका छन् । 

यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने भिक्षु मैत्री महास्थवीरले बताउनुभयो । बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् । 

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् । सन् २०१७ मा कूल ४१ हजार ५५३ जनाले तिलौराकोट भ्रमण गरेका हुन् । तीमध्ये ३७ हजार ८६५ विदेशी, एक हजार ५११ भारतीय र दुई हजार १७७ नेपाली छन् । सन् २०१६ मा कूल ३६ हजार ४७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए । तीमध्ये ३२ हजार ८९१ विदेशी, ९४८ भारतीय र दुई हजार ६३२ नेपाली थिए । सन् २०१६ को तुलनामा २०१७ मा पाँच हजार बढी पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोष एकाइ कार्यालय तिलौराकोटले जनाएको छ । 

सन् २०१५ मा २३ हजार ४६९ विदेशीले बुद्धका पिता राजा शुद्धोधनको प्राचीन दरबारको अवलोकन गरेका थिए । सन् २०१४ मा ३० हजार २३४ र सन् २०१३ मा २७ हजार ५०२ विदेशी पर्यटक यहाँ आएका थिए । सेप्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने मौसमका रुपमा मानिएको छ । तिलौराकोट शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ। 

सन् २०१६ मा यहाँ सबैभन्दा बढी म्यानमा र थाइल्यान्डका पर्यटक आएका छन् । त्यसपछि श्रीलंका, कम्बोडिया, भियतनाम र दक्षिण कोरियाका पर्यटक यहाँ बढी आएको तिलौराकोटस्थित लुम्बिनी विकास कोषको सम्पर्क कार्यालयले जनाएको छ । नब्बे प्रतिशतभन्दा बढी विदेशी विश्व शान्ति र सद्भावको कामना तथा तीर्थाटनका लागि आउने गरेको तिलौटाकोटस्थित लुम्बिनी विकास कोषका कर्मचारी सञ्जय शर्माले बताउनुभयो । सन् २०१७ नोभेम्बरमा सबैभन्दा बढी सात हजार ३६० र त्यसपछि फेब्रुअरीमा सात हजार ७७ विदेशी पर्यटक आएका थिए । जुनमा सबैभन्दा कम ८३ विदेशीले मात्र भ्रमण गरेका थिए । 

तिलौराकोटमा पर्यटकको संख्या बढ्नु सकारात्मक भएको स्थानीयवासी तेजकुमार बौद्धाचार्यले बताए । उनले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्रायः भारतको बाटो हुँदै लुम्बिनीको भ्रमणपछि मात्र यहाँ पर्यटक आउने गरेको बताए । 

सम्बन्धित समाचार

कम्बोडियाका उपप्रधानमन्त्रीद्वारा तिलौराकोटको अवलोकन

जितपुर । कम्बोडियाका उपप्रधानमन्त्री डा एम लिग्न हेङसहितको टोलीले आज प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ ।  उपप्रधानमन्त्री हेङसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पुरातात्विक प्रमाण जुटाइँदै

तिलौराकोट । पुरातत्व विभागले ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले त्यस क्षेत्रमा उत्खनन भइरहेको छ ।  विश्व सम्पदा समितिको सचिवालयमा ती प्रमाणसहितको प्रस्ताव पु¥याउनका लागि अहिले उक्त स्थानका

तिलौराकोटको इतिहास २८०० वर्ष पुरानो

तिलौराकोट । तिलौराकोटमा इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ ।  पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको

कपिलवस्तुको तिलौराकोट जंगलमा टाउको सहितका दुई मानव कंकाल फेला

कपिलवस्तु । यहाँको बुद्धभूमि नगरपालिका–२ तिलौराकोट साझेदारी वनको घनघोर जंगलको खोल्सामा २ वटा टाउको सहितको मानव कंकाल आइतबार फेला परेको छ ।  घटनास्थलबाट २ जोर चप्पल र २ थान मोवाइल समेत