• २०८१ बैशाख १३ बिहीबार

“तीजको लहर चल्यो बरी लै”

kharibot

बारा ।  तीजको लहर आयो बरी लै ! तीजको लहर आयो बरी लै !!
हंङ्खङ्गको साडीले नेपालको धुलो उडायो ! छम छम छम !!

यस्ता यस्तै तीज गीतको गुन्जनसँगै सोमवार मध्य तराई मधेशको बिभिन्न जिल्लाको स्थानहरुमा बिविध कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाईएको छ । आज कै दिनबाट हिन्दु तथा नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको रौनक गाउँ गाउँ देखि लिएर सहर सम्म देखिने गरिएको छ । 

हिन्दुहरुको पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशको बिभिन्न जिल्लामा श्रद्धा–भक्ति पूर्वक भगवान् श्रीकृष्णको पूजा–आराधना , प्रवचन , भजन–कीर्तन तथा विशेष गरी महिलाहरुले ‘व्रत’ बसी रात भर जाग्रम बसी जनमाष्टमी मनाईरहेका हुँन् । 

ज्ञानयोग , कर्मयोग र भक्तियोगका भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्य रातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘ मोहरात्री ’ भनिएको छ । 

अन्याय , अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारको रुपमा जन्मनु भएका भगवान श्रीकृष्णले आजिवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। 

महाभारतका अनुसार कुरुकक्षेत्रमा कौरव सँगको लडाइँमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयंम् उहाँका मुखारबिन्दबाट ब्यक्त ‘श्रीमद्भागवत गीता’ हिन्दुहरुको पवित्र ग्रन्थ मानिएको छ । 

सोहि अवसरमा सोमवार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित केराढोकाको कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको ठूलो भिड् लागेको थियो । सो मन्दिरमा करिब एक हजार भक्तजनहरुले पुजा–अर्चना गर्नुका साथै नाँच–गान समेत गरेका छन् ।  

स्थानीय नारी शक्ती बिकास मंचको आयोजनामा महिलाहरुको नृत्य प्रतियोगिता पनि गराईएको थियो । मंचकी अध्यक्ष दुर्गा कुमारी रिजालको अध्यक्षतामा भएको नृत्य प्रतियोगितामा विवाहित महिला गु्रप तर्फकी सरु चैलागाइँ प्रथम , गंगा कँडेल दोस्रो , सन्तु दहाल तेस्रो र संगीता सापकोटा चौथो स्थानमा विजयी भएकी छन् ।

त्यस्तै अविवाहित महिला गु्रपको तर्फबाट खुश्बु चौधरी प्रथम , क्रिसा चौधरी दोस्रो , प्रीया पटेल तेस्रो र निशा अधिकारी चौथो स्थानमा विजयी भएकी छन् । भने विजयी नृत्याङ्गनाहरुलाई स्थानीय राजनितिज्ञ नारायणी रायमाझी (निरु) ले पुरस्कार वितरण गरेकी थिईन् ।   

केराढोकाको कृष्ण मन्दिर परिषरको भित्र र बाहिर श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्नुका साथै मेला समेत लागेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै