वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँफूलाई अफ्रिकी ‘गरिब मुलुकहरू’का विरुद्ध अभिव्यक्ति दिएको भनी आएका समाचारको शुक्रबार ट्वीटर सन्देशमार्फत खण्डन गरेका छन् ।
ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग बिहीबार भएको बैठकका क्रममा आप्रवासन सुधारका बिषयमा राष्ट्रपति ट्रम्पले अफ्रिकी मुलुक देशका नागरिकलाई किन अमेरिका आउन दिनुप¥यो भनी प्रश्न गर्नुभएको भनी शुक्रबारको वासिङ्टन पोस्ट पत्रिकामा समाचार आएको थियो ।
ट्रम्पद्वारा बिहीबार नर्वेजस्ता मुलुकले हाइटी तथा विभिन्न अफ्रिकी मुलुककाबारेमा लिन नपरेको जिम्मेवारी (टन्टा) किन अमेरिकाले लिने भनी अमेरिकी कङ्ग्रेसमा गरेको भनी सार्वजनिक भएको अभिव्यक्तिलाई लिएर राष्ट्रसङ्घले पनि अमेरिकी राष्ट्रपतिको आलोचना गरेको छ । यसबारे ती देशका नागरिकले पनि आपत्ति जनाएका छन् ।
ट्रम्पले भने, “बालबालिकाको आगमन रद्द योजनाबारे भएको बैठक जटील थियो । तर बैठकमा प्रयोग भएको भाषा भने सञ्चारमाध्यममा आएजस्तोे थिएन ।” बैठकमा बोलिएको सन्दर्भ अमेरिकामा गैरकानुनी रूपमा भित्रिएका करिब आठ लाख बालबालिकालाई फिर्ता गर्ने रहेको थियो, ट्रम्पले भनेका छन् ।
“मैले अमेरिका भित्रिने आप्रवासीलाई योग्यताका आधारमा ल्याउनुपर्छ तर चिठ्ठाको भरमा ल्याइनु हुँदैन भन्ने बिषयलाई उठाएको हुँ ।” म अमेरिका र हाम्रा नागरिकको सुरक्षा चाहन्छु । अमेरिकाले उच्च अपराधदर भएका राष्ट्रबाट यहाँ आउने र नराम्रो प्रभाव छोड्ने आप्रवासीको जनसङ्ख्यालाई घटाउन चाहेको हो ।
तर वासिङ्टन पोष्ट र न्यूयोर्क टाइम्सले ट्रम्पले हाइटी र अन्य अफ्रिकी मुलुकबारे छुद्र अभिव्यक्ति दिएको भनी शुक्रबारका अङ्कमा उल्लेख गरेको विभिन्न अन्र्राष्ट्रिय सञ्चारमाध्यममा आएको छ ।