प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आयोगको पुनः आग्रह

खरीबोट

काठमाडौँ  ।  निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिकासमेत प्रकाशित भइसकेको हुनाले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ । 

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुखसमक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकपछि सरकारसँग नियुक्तिको लागि पुनः आग्रह गरेको हो । 

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया प्रारम्भ भइसकेको तर हालसम्म प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने कानूनी बाध्यताका कारण राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्नसक्ने सम्भावना देखिएकाले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैगरी आयोगले निर्वाचनको कार्य तालिका र निर्वाचन कार्यक्रमसमेत स्वीकृत गरी सकेको छ । स्वीकृत कार्यक्रमअनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर – गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनीहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आज ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगको बेरुजु फछ्र्योट ६० प्रतिशत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष

निर्वाचनमा लिएका ४४ वटा गाडी निर्वाचन आयोगद्वारा सरकारलाई हस्तान्तरण

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल सरकारअन्तर्गतका विभिन्न निकायलाई आज ४४ थान सवारी साधन हस्तान्तरण गरेको छ ।  आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आफ्नै कार्यकक्षमा मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको

निर्वाचन आयोगद्वारा इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ ।  ‘इयुको प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र