रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा

खरीबोट

धनगढी । रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्थानीय रंङ्गशालामा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । बीसौँ मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो । 

छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए । 

आजको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ । 

प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल र आइतबारसुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ । 

जितपछि प्रतिक्रिया दिदै मनाङ मस्र्याङ्दीका प्रशिक्षक हेमन्त आलेले खेलाडीको समन्वय र रणनीतिका कारण जीत हासिल भएको बताउनुभयो । रुपन्देही–११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले शुरुमै गोल खाँदा दवावमा परेर हार बेहोर्नुपरेको बताए । 

सम्बन्धित समाचार

राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने 

दाङ । यहाँ जारी २८ औँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेका छन् ।  मंगलबारदेखि दाङमा शुरु भएको प्रतियोगिताको आजको सेमिफाइनलमा नेपाल

ब्राजिलका फुटबलर रोनाल्डिन्होद्वारा सन्यासको घोषणा

काठमाडौँ । ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका छन् । ब्राजिललाई २००२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षीय रोनाल्डिन्हो २०१५ देखि

विभागीय टोली एपिएफले मध्यपश्चिम फुटबल क्लबलाई हराउदै विजयी शुरुवात

तुलसीपुर । अठ्ठाइसौँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आजदेखि दाङको तुलसीपुरमा शुरु भएको छ ।  अखिल नेपाल फुटबल संघ एन्फा को आयोजना तथा दाङ जिल्ला फुटबल संघको सहआयोजनामा शुरु भएको उक्त प्रतियोगिताको

विभागीय टोली एपिएफ खप्तड गोल्ड कपको  फाइनलमा

धनगढी । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ ।  धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११