रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा

खरीबोट
ad

धनगढी । रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्थानीय रंङ्गशालामा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । बीसौँ मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो । 

छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए । 

आजको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ । 

प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल र आइतबारसुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ । 

जितपछि प्रतिक्रिया दिदै मनाङ मस्र्याङ्दीका प्रशिक्षक हेमन्त आलेले खेलाडीको समन्वय र रणनीतिका कारण जीत हासिल भएको बताउनुभयो । रुपन्देही–११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले शुरुमै गोल खाँदा दवावमा परेर हार बेहोर्नुपरेको बताए । 

सम्बन्धित समाचार

नाकाबन्दी भएको कतारमा अर्को विश्वकप होला कि नहोला

काठमाडौँ ।  विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने

आइसल्याण्ड फुटबल टिममा ‘सन’ र ‘राम’ को अनौठो संयोग 

काठमाडौँ । पहिलो पटक विश्वकपमा भाग लिन लागेको आइसल्याण्डले आज अर्जेन्टिनाको सामना गर्दै छ ।  यस विश्वकपको ‘ग्रुप अफ डेथ’ भनेर भनिएको समुह बि मा रहेको आइसल्याण्डको टिममा अनौठो संयोग देखिएको

साउदी अरबले तीन खेलाडीलाई ‘सजाय’ दिने, फुटबल फेडेरेशनको अध्यक्षले दिए चेतावनी

काठमाडौँ । विश्वकपको उद्घाटन खेलमा आयोजक रसियासँग लज्जास्पद हार बेहोरेको साउदी अरेबियाका तीन खेलाडीलाई कारवाही हुने भएको छ । साउदी फुटबल फेडरेशनका प्रमुख अडेल इज्जतले राम्रो प्रदर्शन नगरेका खेलाडीलाई सजाय दिइने

विश्वकप फुटबल आजदेखि सुरु हुदै, ३२ देशको भिडन्त एक महिनासम्म चल्ने 

काठमाडौँ । आज नेपाली समय अनुसार आज साँझ ८:४५ बजे आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सुरु भएसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती