चमेलियाको १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडीयो 

खरीबोट

दार्चुला । चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । 

तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ’ दाहालले भने । 

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । 

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजिसी ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् । 

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वञ्चित भएका हुन् । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । 
 

सम्बन्धित समाचार

दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिने

चौतारा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन् ।  सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत

विद्युत प्राधिकरणका दुई कर्मचारी घुसहित पक्राउ

महोत्तरी, गौशाला ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् ।  थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार

चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

सिन्धुली ।  नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।  चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव

विद्युतीय दुर्घटनामा तेस्रो पक्ष बीमा न्यायोचित : ऊर्जामन्त्री पुन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बीमा न्यायोचित हुने बताएका छन् ।  नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल