चमेलियाको १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडीयो 

खरीबोट
ad

दार्चुला । चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । 

तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ’ दाहालले भने । 

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । 

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजिसी ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् । 

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वञ्चित भएका हुन् । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । 
 

सम्बन्धित समाचार

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

चितवन / पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो ।  शहरी विकास मन्त्रालयले विनियोजन गरेको

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।  जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको

इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ / उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ ।  प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने

बुढीगण्डकी सरोकार समितिले राख्यो ८ बुँदे माग

काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले जग्गा रोक्का भएको तीन वर्ष पुगिसक्दा पनि अहिलेसम्म बजार क्षेत्रको मुआब्जा नतोकिएको भन्दै समितिले ८ बुँदे माग अगाडी सारेको छ । समितिले मुआब्जा वितरण