प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ – प्रधानमन्त्री

खरीबोट

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताए । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन ।’ 

उनले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिए । 

प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पारे । उनले भने, ‘आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार रहेको छु ।’

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले सरकारबाट बाहिरिएपछि काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्री देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आज कञ्चनपुर गएका छन् ।
 

सम्बन्धित समाचार

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ – प्रधानमन्त्री

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन ।  निर्माणाधीन विमानस्थलको धावनमार्गको आज यहाँ निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको

गायिका आनीद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छन् ।  नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको गएराति

कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्न बाध्य हुन्छौं : प्रदिप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजिनामा माग्न आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।  रिपोर्टर्स क्लबको सक्षात्कारमा बोल्दै नेता

दुई –चार महिना मै समृद्धि हासिल गर्न सकिदैन - प्रधानमन्त्री ओली 

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । आज नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले