प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ – प्रधानमन्त्री

खरीबोट

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताए । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन ।’ 

उनले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिए । 

प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पारे । उनले भने, ‘आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार रहेको छु ।’

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले सरकारबाट बाहिरिएपछि काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्री देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आज कञ्चनपुर गएका छन् ।
 

सम्बन्धित समाचार

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै मुलुकमा शान्तिसुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।  सशस्त्र प्रहरीद्वारा आयोजित ‘सत्रौँ सशस्त्र प्रहरी दिवस

भारतीय प्रधानमन्त्री मोदी र एमाले अध्यक्ष ओलीबिच फोनवार्ता, मोदीले दिए प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्। अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को

निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनसक्नु काँग्रेसको सफलता - प्रधानमन्त्री देउवा

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् ।  आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय

०७२ सालको भूकम्पबाट पाठ सिक्यौँ : प्रधानमन्त्री देउवा

काठमाडौं / सबल समुदाय र स्थानीय सरकार, भूकम्पपीय सुरक्षाको बलियो आधार भन्ने मूल नाराको साथ २०औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । मंगलबार वसन्तपुर दरबार क्षेत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा