प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ – प्रधानमन्त्री

खरीबोट

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताए । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन ।’ 

उनले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिए । 

प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पारे । उनले भने, ‘आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार रहेको छु ।’

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले सरकारबाट बाहिरिएपछि काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । प्रधानमन्त्री देउवा, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आज कञ्चनपुर गएका छन् ।
 

सम्बन्धित समाचार

एमाले-माओवादी कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका सम्बन्धमा आवश्यक दस्तावेज तयार गर्न गठन गरेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास

चिनियाँ मिडियालाई अन्तर्वार्ता दिदै प्रधानमन्त्री ओलीको बुढीगण्डकी गेजुवालाई दिने संकेत 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना फेरी चिनियाँ कम्पनि गेजुवालाई दिने संकेत गरेका छन् । चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोष्टलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बुढीगण्डकी आयोजना

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गरेका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न : नेता नेपाल

गौर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।  पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल