डा केसीको मागले अदालतप्रतिको जनआस्था घटाउने काम भयो– बार

खरीबोट

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

बारको बैठकपछि महासचिव खम्मबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा सक्षम, स्वतन्त्र, उत्तरदायी न्यायपालिका र न्यायाधीशप्रति वरिष्ठ चिकित्सक डा केसीले जनआस्था घटाउने काम गरेको उल्लेख छ । 

आफू अनुकूल फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुञ्जेलसम्म आमरण अनशन जारी राख्नेजस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने जटिलता देखिने मात्र नभई गलत प्रक्रिया र पद्धतिको विकास हुनेतर्फ बारले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ । 

त्यसैगरी, न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्याय परिषद्मा उजुरी गर्नुपर्ने, त्यसरी उजुरी परेमा परिषद्ले नै त्यस्तो मुद्दाको अध्ययन गर्नसक्ने र सोको प्रयोजनका लागि सम्बन्धित अदालतले माग गरेको कागजात वा फाइल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था रहेकोसमेत बारले ध्यानाकर्षण गराएको छ । 

सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गर्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै बारले डा केसीले जस्तोसुकै माग राखेर अनशन बस्नु उचित नभएको हुँदा तत्काल अनशन फिर्ता लिन आग्रह गरेको छ । 

सबै प्रकारको दबाब र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा न्यायपालिकाको गरिमा कायम राख्न सबैले आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने उल्लेख गरेको छ । साथै, यस्ता कामको समर्थन गर्दै अगाडि बढ्ने हो भने गलत परिपाटीको विकास हुनेहुँदा बारले डा केसीलाई यस्ता खालका माग राखेर आमरण अनशन नबस्न आग्रह गरेको छ ।
 

सम्बन्धित समाचार

सर्वोच्च अदालतले अब दैनिक पत्रकार सम्मेलन गर्ने

काठमाडौँ ।  सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ ।  अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० र

पाकिस्तानको सर्वोच्च अदालतद्वारा नवाज सरिफलाई जीवनभर निर्वाचन लड्न अयोग्य घोषणा 

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अब जीवनभर निर्वाचन लड्न नपाउने गरि योग्य घोषणा गरको छ ।  प्रधानन्यायधिश सहितको ५ सदस्यीय न्यायधिश समुहले सुक्रबार गरेको फैसला अनुसार सरिफ अब

सम्पत्ति शुद्धीकरणको मुद्दा परेका परशुराम बस्नेतलाई विशेष अदालतद्वारा सफाइ

काठमाडौँ । विशेष अदालतले परशुराम बस्नेतलाई सफाइ दिएको छ । आज अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी

मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो

लिबाङ, रोल्पा । ‘तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?’ पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क