सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

खरीबोट

फाइल तस्बिर

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताए । 

रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताउनुभयो । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उहाँको भनाइ छ । 
“मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उहाँले भन्नुभयो, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।” 

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उहाँले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए । 

सम्बन्धित समाचार

पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्रीलाई लक्षित गर्दै भनिन् - तपाईँ त सामन्ती हुनुहुँदो रहेछ’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार नै शोषक सामन्तको पक्षमा उभिएको आरोप लगाएकी छन् ।   मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा कार्कीले केदारभक्त माथेमा आयोगले खडा गरेको सम्पूर्ण कुरा खारेज गरेर

लोकतन्त्रमा कर्मचारी ब्यवस्थापन र बजेट प्राप्ती बक्सिसको बिषय होईन : कामु प्रधानन्यायाधीश जोशी 

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको कर्मचारी व्यवस्थापन र बजेटको प्राप्तिको बिषय अझैसम्म पनि बक्सिस वा निगाहको बिषयजस्तो बन्नु लोकतन्त्रमा दुखद कुरा भएको बताएका छन् ।  न्याय परिषद् र

संवैधानिक परिषद्को बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिश गरिने

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । तीन महिनादेखि रिक्त रहेको प्रधन्नायाधिश सिफारिश गर्न मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने

प्रधानन्यायाधीशको नाम छिटै सिफारिश हुन्छ : कानूनमन्त्री तामाङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संसदीय सुनुवाइ विशेष समिति गठन अगाडि नै प्रधानन्यायाधीशको सिफारिश गर्ने बताए ।  प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पाँचौँ स्थापना दिवसका