सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

खरीबोट

फाइल तस्बिर

ad

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताए । 

रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताउनुभयो । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उहाँको भनाइ छ । 
“मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उहाँले भन्नुभयो, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।” 

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उहाँले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए । 

सम्बन्धित समाचार

संवैधानिक परिषद्को बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिश गरिने

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । तीन महिनादेखि रिक्त रहेको प्रधन्नायाधिश सिफारिश गर्न मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने

प्रधानन्यायाधीशको नाम छिटै सिफारिश हुन्छ : कानूनमन्त्री तामाङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संसदीय सुनुवाइ विशेष समिति गठन अगाडि नै प्रधानन्यायाधीशको सिफारिश गर्ने बताए ।  प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पाँचौँ स्थापना दिवसका

न्यायिक सुधारको प्रयास कुन प्रधानन्यायाधीशले के के गरे ?

काठमाडौँ न्यायाधीशहरुको पदस्थापन हार्दिकताका साथ हुने तर बहिर्गमन तिक्ततापूर्ण हुने अभ्यास हामीहरुले पछिल्ला दिनमा स्थापित गर्दा न्यायालयप्रतिमा मान मर्यादा क्रमशः कमजोर बन्न थालेको छ ।   प्रधानन्यायाधीशहरुको इतिहास केलाउँदा हरिप्रसाद प्रधानपछि

प्रधानन्यायाधीश नियुक्तिमा किन ढिलाइ ?

काठमाडौं / सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशको पद रिक्त भएको लगभग दुई महिना बितिसकेको छ तर पनि अर्को प्रधानन्यायाधीशको नियुक्ति हुनसकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा सिंगो न्यायपालिका प्रभावित भइरहेको विषयमा