विश्वमा दिगो शान्तिका लागि १९२ राष्ट्रमा भावातीत ध्यान

खरीबोट

फाइल तस्बिर

ad

काठमाडौँ । विश्वमा दिगो शान्तिको कामना गर्दै पुस २९ गते शनिबार बेलुकी ५ः०० बजे १९२ राष्ट्रमा सामूहिक भावातीत ध्यान तथा सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ । 

ग्रीनवीच समयरेखालाई आधार मानेर प्रत्येक देशको समयअनुसार बेलुकी ५ः०० बजे पहिलोपटक विश्वव्यापीरुपमा सामूहिक ध्यान तथा सिद्धि कार्यक्रम आयोजना गर्न लागिएको हो । 

विश्व शान्ति विश्वव्यापी राष्ट्रका कार्यकारी प्रमुख डा बेभन मोरिसको प्रत्यक्ष निगरानीमा हुने यो कार्यक्रमबाट संसारको सामूहिक चेतना वृद्धि हुने विश्वास गरिएको छ । भावातीत ध्यान एवं वैदिक अभियानका विश्वव्यापी प्रचारक महर्षि महेश योगीको १०१औँ जन्म जयन्तीको अवसर पारेर यो कार्यक्रम गरिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए । 

ऋग्वेदको १०औँ मण्डलबाट लिइएको भावातीत ध्यानका हाल विश्वभर एक करोडभन्दा बढी साधक छन् । नेपालमा लाखौँले यो ध्यानको अभ्यास गर्ने गरेको फाउन्डेसनले जनाएको छ । 

युरोप, अमेरिकाका ३३ देशका १५० वटा विश्वविद्यालयमा गरिएका ६०० भन्दाबढी वैज्ञानिक अनुसन्धानले व्यक्तित्व विकासका लागि गरिने साधनामध्ये भावातीत ध्यान सबैभन्दा उपयुक्त माध्यम हो भनी प्रमाणित गरेको ध्यान शिक्षक गोपालकुमार मैनालीले जानकारी दिए । 

नेपालमा विभिन्न जिल्लामा रहेका ७५ गुरुकूल, बनेपास्थित चेतना केन्द्र र सिफलमा रहेको फाउन्डेसनको केन्द्रीय कार्यालयमा ध्यान एवं सिद्धि कार्यक्रम गरिनेछ । भावातीत ध्यानीले आफ्नो अनुकूल स्थान, आश्रम वा घरमै बसेर पनि यो अभियानमा साथ दिनसक्ने उनले बताए ।

सम्बन्धित समाचार

‘दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि सरकार क्रियाशील’: गृहमन्त्री थापा

हेटौँडा ।  गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम राखी आर्थिक समृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएक छन्  ।  हेटौँडामा आयोजित पत्रकार भेटघाटमा देशमा बढ्दै गएको अराजक

विश्वमा दिगो शान्तिका लागि १९२ राष्ट्रमा भावातीत ध्यान

काठमाडौँ । विश्वमा दिगो शान्तिको कामना गर्दै पुस २९ गते शनिबार बेलुकी ५ः०० बजे १९२ राष्ट्रमा सामूहिक भावातीत ध्यान तथा सिद्धि कार्यक्रम आयोजना गरिने भएको छ ।  ग्रीनवीच समयरेखालाई आधार मानेर