अमेरिका रुस, इरान र उत्तर कोरियालाई नयाँ प्रतिबन्ध लगाउनेतर्फ अगाडी बढ्यो

खरीबोट
ad

अमेरिका रुस, इरान र उत्तर कोरियालाई नयाँ प्रतिबन्ध लगाउने तर्फ अगाडी बढेको छ ।

मंगलबार अमेरिकाको संसद हाउस अफ रेप्रिजेनटेटिभमा भएको मतदानमा रुस, इरान र उत्तर कोरियालाई नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव बहुमतले पारित भएको छ । मतदानमा ४१९ सदस्यले यसको पक्षमा मतदान गरेका छन् भने तीन सदस्यले मात्र यसको विरोध गरेका छन् ।

अमेरिकाको यो कदमले अमेरिका र रुसको सम्बन्ध झन् जटिल बन्ने विदेश मामिलाका जानकारहरुले बताएका छन् । अब यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जानु अघि सिनेटले पास गर्नुपर्ने हुन्छ । यदि यो विधेयक सिनेटबाट पनि पास भएमा रुसप्रति नरम नजरले हेर्न ट्रम्प अप्ठ्यारोमा पर्नसक्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपतिसँग विधेयक लागु नगर्न भिटो प्रयोग गर्ने विकल्प भएपनि यदि उनले यसो गरेमा रुस प्रतिको उनको नरम नीति प्रमाणित हुने हुनाले ट्रम्प अप्ठ्यारोमा पर्न सक्ने बताइएको छ ।

अमेरिकाले इरान र उत्तर कोरियालाई उनीहरुको परमाणु र ब्यलेष्टिक मिसाइल कार्यक्रम रोक्नको लागि प्रतिबन्ध लगाउन चाहन्छ भने रुसका केहि कम्पनि र नागरिकलाई यसअघि नै ओबामाले प्रतिबन्ध लगाइसकेका छन् ।

सम्बन्धित समाचार

समुह 'बि' बाट को पुग्ला दोस्रो चरणमा ? स्पेन, पोर्चुगल र इरानको टक्कर

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आजदेखि समुह चरणका अन्तिम खेल सुरु हुदै छन् । आज नेपाली समय अनुसार ११:४५ मा समुह बि का दुई खेल हुदैछन् । यस समुहबाट दोस्रो चरणमा

ट्रम्पद्वारा जेल परेका प्रवासीलाई बच्चासँग अलग नगर्ने सम्बन्धि आदेश जारी 

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवासीहरुलाई उनीहरुका बालबच्चासँग अलग नगर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् । कैयौ मुलुकबाट अमेरिका गैरकानुनी तरिकाले छिर्ने प्रवासीहरुलाई अमेरिकाले पक्राउ गरेर आफ्ना बालबालिकासँग समेत भेट्न

पहिलो जितबाट हौसिएको इरान स्पेनलाई रोक्ने दाउमा

काठमाडौँ । विश्वकपको समुह बि अन्तर्गत आज स्पेनले एशियाली देश इरानको सामना गर्दै छ ।  स्पेन यस विश्वकपमा जितको खोजीमा रहेको छ । २०१० को विश्व विजेता टिम स्पेन यस विश्वकपको

अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिर रहने घोषणा 

काठमाडौँ । अमेरिका संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट बाहिरिने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत निक्की हेलीले पत्रकार सम्मेलन गर्दै अमेरिका संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट