राष्ट्रियसभा निर्वाचनका लागि २१ दल दर्ता 

खरीबोट

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निवेदन दिएका छन् ।

आयोगले १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको आज अन्तिम दिनसम्म कुल २१ दलले निवेदन दर्ता गरेको आयोगले जानकारी दिएको छ । 

आयोगका अनुसार निवेदन दिने दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा राष्ट्रियसभा निर्वाचनपछि संघीय संसद्ले पूर्णता पाउने आयोगले जनाएको छ । आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित समाचार

प्रतिनिधिभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षद्वारा शपथ

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई तथा राष्ट्रियसभाका अध्यक्ष

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल विजयी

काठमाडौं ।  राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् ।  संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै छ ।  उपाध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ ।  संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले