राष्ट्रियसभा निर्वाचनका लागि २१ दल दर्ता 

खरीबोट

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निवेदन दिएका छन् ।

आयोगले १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको आज अन्तिम दिनसम्म कुल २१ दलले निवेदन दर्ता गरेको आयोगले जानकारी दिएको छ । 

आयोगका अनुसार निवेदन दिने दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा राष्ट्रियसभा निर्वाचनपछि संघीय संसद्ले पूर्णता पाउने आयोगले जनाएको छ । आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित गरिसकेको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित समाचार

राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टचार भेटघाट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोले शिष्टाचार भेटघाट गरेका छन् ।  सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर

डा केसीसम्बन्धि राष्ट्रियसभामा कांग्रेसको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ ।  जनताको प्रत्यक्ष सरोकार

राष्ट्रियसभामा मन्त्रीहरु जवाफ दिँदै

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।  बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार

राष्ट्रियसभा बैठक : डा. केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन ।  राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको