एनसेल मेला शनिबार जाउलाखेल मैदानमा

खरीबोट

काठमाडौं ।  एनसेल प्रा.लि.ले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गर्दैछ ।

विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो । 

गीत(संगीत लगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६ बजे सम्म चल्ने छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ(आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्नेछन् । 

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजी जोन र फुड स्टलहरु पनि रहेनछन् । एनसेल मेलामा स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरु रहनेछन् । 

आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् । प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

“पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदान गर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेर सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवा लगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् ।”

यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

सम्बन्धित समाचार

जावलाखेलमा एनसेल मेला भव्यरुपमा सम्पन्न

काठमाडौं । एनसेलले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजना पश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड

एनसेल मेला शनिबार जाउलाखेल मैदानमा

काठमाडौं ।  एनसेल प्रा.लि.ले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल

एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

काठमाडौं । देशकै वृहद चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थप विस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि

विराटनगरको हाटखोलामा एनसेल मेला सम्पन्न

विराटनगर ।एनसेलले शनिवार विराटनगरको हाटखोलामा आयोजना गरेको एनसेल मेला २०७४ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्ने र दु्रतगतिको