विकास र सुशासन प्रमुख कार्यभार : प्रचण्ड

खरीबोट

बाबियाचौर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताए । 

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । 

‘धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पार्या’, पूर्व प्रधानमन्त्रीसमेत रहेएका प्रचण्डले भने, ‘अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।’ 

वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको उनले बताए । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने प्रचण्डको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । अध्यक्ष प्रचण्ड शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी पुगेका थिए । 

सम्बन्धित समाचार

पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताएका छन् ।  नेपाल एसोसियसन अफ र्याफटिङ एजेन्सिज नारा

स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् ।  भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई

वैशाख ९ मा पार्टी एकता हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा ९एमाले० बीच पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन

सहज तवरले पार्टी एकता हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताएका छन् ।  माओवादी केन्द्रको संसदीय दलको आज