मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म ३ सय छयासी जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न

खरीबोट

भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । 

केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि उनले जानकारी दिए । केन्द्रले मुलुकमा नै पहिलो पटक सफल मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण, सफल कलेजो प्रत्यारोपण गर्नाका साथै सरकारी अस्पतालमा पहिलो पटक इन्डोस्कोपिक अल्ट्रासाउण्ड सेवा सर्वसुलभ रुपमा उपलब्ध गराएको उनले बताए । 

मिर्गौला रोगीको चाप बढेसँगै सेवा थप्दै लगेको केन्द्रले अबको केही दिनमै भक्तपुरमा पहिलोपटक मुटुको ओपन हर्ट सर्जरी सेवा शुरु गर्न लागेको डा श्रेष्ठले बताए । विकास समिति ऐन, २०१३ को दफा ३ अनुसार मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६८ अनुसार गठन भएको यस केन्द्रको नामसमेत परिवर्तन गरी शहीदको नाममा नामाकरण गरेको छ । 

गत पुस १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र राख्ने निर्णय गरेको थियो । मन्त्रालयबाट परिपत्र आउने बित्तिकै अहिलेको बोर्ड परिवर्तन गरिने उनले जानकारी दिए । 

सम्बन्धित समाचार

पोर्चुगल : श्रीमान्लाई पक्षघात– श्रीमतीको मिर्गौला फेल

लिस्बन,पोर्चुगल । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।  आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र

६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन

बेनी, म्याग्दी ।  भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै

जेठाजुबाट बुहारीलाई मिर्गौला दान

काँकडभिट्टा । झापाका पत्रकार माया पकुवाललाई मिर्गौला प्रत्यारोपण गरिएको छ ।  भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौंस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान

बौद्धधर्म गुरु द्वारा मिर्गौलापीडितलाई रु एक लाख सहयोग

काठमाडौँ । जेठी श्रीमतीबाट परित्यक्त धादिङका मिर्गौला रोगी कृष्णबहादुर शाहीले उपचारका लागि सहयोग माग गरेका छन् । शाहीको दुःखको कुरा सुनेपछि रिपोर्टर्स क्लबमा अर्को कार्यक्रमका लागि आएका बौद्धधर्म गुरु स्याल्पो तेञ्जिङ रिम्पोछेले