• २०८१ बैशाख ७ शुक्रबार

थ्री स्टारलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

kharibot

धनगढी । धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । 

आर्मीले थ्री स्टारलाई एकका विरुद्ध दुई गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो । हारसँगै थ्री स्टारको अघिल्लो यात्रा रोकिएको छ । आर्मीका नवयुग श्रेष्ठले पहिलो हाफको शुरुमै गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएकामा दोस्रो हाफको ४९औँ मिनेटमा आर्मीकै सुमन अर्यालले अर्को गोल थपेका थिए । 

पहिलो हाफमा आर्मी थ्री स्टारमाथि पूर्ण रुपमा हावी भएको थियोे । दोस्रो हाफको ५३ औँ मिनेटमा थ्री स्टारका निराजन खड्काले गोल फर्काएपछि प्रतिष्पर्धा रोमाञ्चक बनेको थियो । त्यसपछि थ्री स्टारले लगातार आक्रमण गर्दै आर्मीलाई दवावमा राख्न सफल भए पनि गोल भने गर्न सकेन । थ्री स्टारको प्रहारलाई आर्मीका गोल रक्षकले गोल हुनबाट विफल पारेका थिए । 

आर्मीका टिम क्याप्टेन भरत खवास ‘म्यान अफ द म्याच’ घोषित भई पुरस्कृत भए । बलियो प्रतिद्वन्द्वीविरुद्ध आफ्नो टोलीले समयमै गोल गरेकाले जीत प्राप्त गरेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले राम्रो खेल्दा खेल्दै पनि सानो कजोरीका कारण दुई गोल खाएर पराजय भोगेको बताए । शुक्रबार मनाङ मस्र्याङ्दी र रुपन्देही–११ का बीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै