राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको आवश्यकता – उपराष्ट्रपति पुन

खरीबोट

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘चेम्बर दिवस तथा ६७ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निरन्तरको व्यापारघाटा घटाउन चेम्बर र सरकारबीच हुने सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे । 

उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र अब मुलुक संक्रमणकालको अन्त्य भई स्थायित्व प्रारम्भ भएको बताउँदै ‘राजनीतिक स्थायित्व आर्थिक समृद्धिका लागि पहिलो शर्त हो, अब राजनीतिक स्थायित्वसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा दु्रतगतिमा अघि बढ्नुपर्छ,’ भने । 

अब सबै राजनीतक दलले आर्थिक समृद्धिको विषयलाई साझा एजेण्डा बनाएर अघि बढ्ने बताउँदै उनले कुनै पनि देशको आर्थिक उन्नतिको दिशानिर्देश त्यस देशले गर्ने निर्यात व्यापारले निर्धारण गर्ने हुँदा निर्यात बढाउन सरकारसँगै उद्योग व्यवसायी गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । 

उपराष्ट्रपति पुनले भने, ‘हाम्रो व्यापार नीति निर्यातमुखीभन्दा आयातमुखी देखिएको छ, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ ।’

आन्तरिक उत्पादनलाई गुणस्तरयुक्त बनाउनुपर्ने तथा आयात प्रतिस्थापन गर्दै व्यापार घाटा कम गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिदैं उनले कृषि, पर्यटन जलविद्युत्, जडीबुटी र उद्योग कलकारखानालगायत क्षेत्रमा प्रशस्त सम्भावना रहेको हुँदा यी क्षेत्रमा थप लगानी बढाउन निजी व्यवसायीलाई आग्रह गरे । 

उपराष्ट्रपति पुनले मुलुकको आर्थिक समृद्धिका लागि नेपाल चेम्बर अफ कमर्सले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै उहाँले सरकार र निजी क्षेत्रबीच चेम्बर सेतुका रुपमा रहँदै आएको बताए । 

सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुको कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १३ प्रतिशतबाट घटेर ६ प्रतिशतमा सीमित भएको उल्लेख गर्दै स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई भाषण र नारामा सीमित नगरेर व्यवहारमै उतार्ने समय आएको विचार व्यक्त गरे । 

मुलुक संघीयतामा गएको अहिलको अवस्थामा स्थानीय, प्रदेश र संघीय करका विषयमा स्पष्टता गरिनु आवश्यक रहेको बताउँदै उनले हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा राष्ट्रिय उद्योग वाणिज्य संघ आबद्ध रहेको जानकारी दिए । 

कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेशभक्त शाख, इन्द्रभक्त मेमोरियल अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो । 

यस्तै चेम्बरबाट तेस्रो मुलुकमा जारी गरिएको उत्पत्तिको प्रमाणपत्रका आधारमा कार्गो, गलैँचा, तयारी पोशाक, हस्तकलालगायतका क्षेत्रमा योगदान पुर्याउने व्यवसायी र फार्मलाई पनि सम्मानित गरिएको थियो । 

सम्बन्धित समाचार

ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवम् समृद्धिको कामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार जारी

शिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाको शुभकामना 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।  हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा

निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताएका छन् ।  नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आयात बढी भएकाले

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव : उपराष्ट्रपति पुन

धुलिखेल । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन् ।  आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई