महिला फुटबल लिगको उपाधि एपिएफलाई

खरीबोट
ad

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । 

एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् ।सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो ।

एपिएफले सोमबार आर्मी र मंगलबार सुदूरपश्चिमललाई जितेको थियो । यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भए । सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन । 

समूह चरणमा एपिएफले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो । च्याम्पियन एपिएफले रु दुई लाख ट्रपी र पदक, उपविजेता आर्मीले रु एक लाख तथा तेस्रो पुलिसले रु ५० हजार प्राप्त गरे । 

प्रतियोगिताअन्तर्गत एपिएफकी एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै आर्मीका अञ्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए । व्यक्तिगततर्फ उत्कृष्ट हुनेले जनही रु २५ हजार प्राप्त गरे । 

विजेता तथा उपविजेता टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही पुस १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र तथा विभागीय गरी आठ टोलीको सहभागिता थियो । 
 

सम्बन्धित समाचार

आगामी १७ गतेदेखि जीतपुरसिमरामा मेयर कप फुटबल हुने

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  उपमहानगरपालिकाको सहयोग र सामुदायिक विकासशील क्लब सिमराको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

फुटबलर मेसी समकक्षी साथी इनिएष्टाको विदाइ सम्मानमा दर्शकलाई अभिवादन गर्दै  

बार्सिलोना क्लबका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी क्लबका समकक्षी मिडफिल्डर आन्ड्रेज इनिएष्टाको विदाइमा दर्शकलाई अभिवादन गर्दै । आइतबार बार्सिलोनाको क्याम्प नाउ स्टेडियममा लिगको अन्तिम खेल रियल सोसिडाडसँग खेलेपछि इनिएष्टाप्रति क्लबले सम्मान गरेको

रसिया विश्वकपका लागि ब्राजिलको २३ सदस्यीय टिमको घोषणा, को को परे ?

काठमाडौँ । रसिया विश्वकप आउन अब एक महिना बाँकी हुदा ब्राजिलले विश्वकपका २३ सदस्यीय खेलाडीको घोषणा गरेको छ ।  गएराती घोषणा गरिएको टिममा हाल इन्जुरीबाट मैदान बाहिर रहेका नेइमारलाई टिममा समावेश

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

काठमाडौँ । नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।  कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार