• २०८१ बैशाख ७ शुक्रबार

सेनाका ओलम्पियन कमललाई स्वर्ण

kharibot

पोखरा । नेपाली सेनाका ओलम्पियन कमल बहादुर अधिकारीले राखेप च्याम्पियनसिप २०७४ अन्तरगत भएको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् ।

राष्ट्रिय किर्तिमानमा सुधार गर्ने उद्धेश्यले मैदानमा उत्रेका अधिकारीले स्वर्णमानै चित्त बुझाए । ७७ केजी तौलमा उनले स्नाचमा १२० केजी उचाले । यसमा उनकै नाममा १२२ केजीको किर्तिमान कायम छ । यस्तै क्लिन एण्ड जर्कमा उनले १५३ केजीका साथ कुलमा २७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन् । नेपाली सेनाकै यज्ञबहादुर सारुले स्नाचमा ९७ केजी र कुलमा २१२ केजी गरि रजत पाए भने क्लिनमा ११५ केजी मात्र उचाली प्रहरीका प्रेमप्रकाश भन्दा पछाडी रहंदै कास्य पाए । बैश्यले क्लिनमा ११८ केजी भार बहन गर्दै रजत पाए पनि स्नाचमा ९० केजी र कुलमा २०८ केजी गरि कास्य पाए ।

पोखराको उद्योग बाणिज्य संघको कभर्डहलमा भएको प्रतियोगिताको महिला ६३ केजी तौल समूमा नेपाली सेनाकी मनिता श्रेष्ठले कुल १४० केजी भार बहन गर्दै स्वर्ण हात पारिन् । उनले स्नाचमा ६० र क्लिन एण्ड जर्कमा ८० केजी भार बहन गरेकी थिईन् । दोश्रो स्थानमा रहेकी सेनाकै सारदा चौधरीले १२८ केजीका साथ रजत पाईन् । चौधरीले स्नाचमा ५६ र क्लिन एण्ड जर्कमा ७२ केजी उचालिन् ।

महिलाकै ६९ केजीमा नेपाल प्रहरीकी राज्य लक्ष्मी थापाले स्नाचमा ६०, क्लिन एण्ड जर्कमा ८३ केजीका साथ कुल १४३ केजी भार बहनका साथ स्वण हात पारिन् । सेनाकी उष खड्काले स्नाचमा ५२ केजी, क्लिनमा ७० केजी र कुलमा १२२ केजी भार बहन गर्दै रजतमा खुम्चिईन् । प्रहरीकी जानकी बुढाले ११० केजी कुल भारका साथ कास्य पाईन् । उनले स्नाचमा ४५ केज िर क्लिनमा ६५ केजी उचालिन् ।

दक्षिण एशियाली खेलको लागि छनौत प्रतियोगिता समेत रहेको प्रतियोगिताको ७५ केजी तौल समूहमा नेपाल प्रहरीकी लक्ष्मी वनले १४२ केजी भार बहन गरिन् । उनले स्नाचमा ६२ र क्लिनमा ८० केजी भार बहन गर्दै स्वर्ण पदकमा आफ्नो नाम लेखाईन् । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ७६ केजी गरि कुलमा १३४ केजीका साथ रजत पाईन् । सप्तरीकी शान्ति चौधरीले १२५ केजीका साथ कास्य पाईन् । शान्तिले स्नाचमा ५५ र क्लिनमा ७० केजी उचालिन् । ९० केजी तौलमा एकल प्रतिस्पर्धा गरेकी नेपाल प्रहरीकी तारादेवी पुनले स्नाचमा ७०, क्लिनमा ९७ केजी गरि कुल १६७ केजीका साथ स्वर्ण हात पारिन् ।

पुरुषको ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८६ र कुलमा १९३ केजी गरि दुई स्वर्ण पाए । क्लिनमा उनी नेपाल प्रहरीका मुई लामा संग पछि परे । मुईले १०८ केज भार बहन गर्दै स्वर्ण पाए । क्लिनमा चौधरीले १०७ केजी उचाल्दै रजत पाए । स्नाचमा मुईले ८५ केजी र कुलमा १९३ केजी उचाल्दै रजत पाए । तेश्रो स्थानमा सशस्त्रका सुवाष कुमार शाहले १६३ केजीका साथ कास्य पाए । उनले स्नाचमा ७३ र क्लिनमा ९० केजी उचाले ।

६९ केजी तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका विकास थापाले स्नाच र कुलमा स्वर्ण पाए । उनी क्लिनमा १२५ केजी भार बहन गर्दै बाँकेका प्रकाश के.सी संग पछाडी पर्दै रजतमा खुम्चिए । विकासले स्नाचमा ११२ र कुलमा २३७ केजी उचाले । प्रकाशले क्लिनमा १३० केजी उचाल्दै स्वर्ण पाए । तर प्रकाशले स्नाचमा १०६ र कुलमा २३६ केजीका साथ रजत पाए । यस्तै बाँकेका सुरज बैश्यले क्लिनमा १०५ र कुलमा १८० केजीका साथ दुई कास्य पाए । स्नाचमा कास्कीका धनबहादुर झाक्रीले ८० केजी भारका साथ कास्य पाए ।

भारोत्तोलनका नियमानुसार च्याम्पियनसिपमा स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन पदक वितरण गरिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै