• २०८१ बैशाख ६ बिहीबार

१६औं राष्ट्रिय महिला फुटबलको उपाधि एपिएफले जित्यो 

kharibot

काठमाडौँ । १६औं राष्ट्रिय महिला फुटबलको उपाधि विभागीय टिम एपिएफले जितेको छ।

बिहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

एपिएफको जितमा साबित्रा भण्डारीले २ तथा सरू लिम्बुले एक गोल गरेकी गरिन् । पुलिसका लागि रूपा मगरले एक गोल गरेकी थिइन् । 

वर्षको पहिलो उपाधि जित्ने क्रममा एपिएफले लिगको ६ खेल र सुपर लिगको सबै खेल जित्दै एपिएफले उपाधि जितेको हो।

प्रतियोगितामा एपिएफकी साबित्रा भण्डारीले सर्वाधिक २९ गोल गरिन् । विजयी भएको एपिएफले नगद २ लाख सहित ट्रफि पाएको छ । यस्तै उपविजेता भएको नेपाल आर्मीले १ लाख तथा तेस्रो भएको नेपाल पुलिस टिमले ५० हजार जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट गोल किपर एपिएफकै अञ्जली तुम्बापो, उत्कृष्ट फरवार्ड एपिएफकै साबित्रा भण्डारी तथा उत्कृष्ट प्रशिक्षक एपिएफकै जनक सिंह भए। उनीहरूले जनही २५-२५ हजार पाएका थिए।

यस्तै नेपाल आर्मीकी  दीपा राई उत्कृष्ट डिफेन्डर तथा अन्जली वाइवा उत्कृष्ट मिडफिल्डर भइन्।

प्रतियोगिताको विजयी खेलाडी तथा टिमलाई स्वास्थ्य तथा खेलकुद मन्त्री राजन केसीले पुरस्कार वितरण गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै