दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री

खरीबोट
ad

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् । 

राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले भने– ‘विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।’ 

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको बताए । 

उनले भने, ‘राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्र निर्माता शाहको शालिकमा माल्यार्पण गरेर दिवस मनाइएको छ, यसमा अब कुनै विवादको विषय छैन, पृथ्वीनारायणलाई कुनै राजनीति वा संस्थासँग जोडेर हेरिनुहुन्न, यो सम्पूर्ण नेपालीको साझा सम्मान हो ।’

समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, रक्षामन्त्री भीमसेनदास प्रधानलगायत मन्त्री, नेकपा एमाले का नेता सुवास नेम्वाङ, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, अधिवक्ता, पत्रकार तथा राप्रपाका नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता थियो । 

विगतमा हरेक वर्ष पुस २७ गते मनाइँदै आएकोमा दोस्रो जनआन्दोलनपछि सरकारले पृथ्वी जयन्तीको बिदा कटौती गरेपछि राप्रपाले हरेक वर्ष उक्त दिनलाई दिवसका रुपमा मनाउन माग गर्दै आएको थियो । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा औपचारिकरुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सम्बन्धित समाचार

दुई –चार महिना मै समृद्धि हासिल गर्न सकिदैन - प्रधानमन्त्री ओली 

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । आज नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले

नयाँ शक्तिले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं  । नयाँ शक्ति पार्टी, नेपालले काठमाडौंको माइतिघरमा प्रर्दशन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो ।  प्रर्दशनमा सरकारले महंगी

काँग्रेस सभापति देउवाद्वारा डा. केसीको स्वास्थ्य बारे प्रधानमन्त्री ओलीको ध्यानकार्षण 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य स्थितिका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर ध्यानाकर्षण गरेका छन् ।   मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले डा. केसीसँग

बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता

काठमाडौँ / “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला ! आजलाई तपाईहरु घर जानुस्”– प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले