कोन्टिन्होपछि बार्सिलोनाले भित्रायो अर्को खेलाडी

खरीबोट

काठमाडौ । स्पेनिस फुटबल महारथी बार्सिलोनाले यस सिजनमा दोर्सो खेलाडी भित्राएको छ । 

दोस्रो ठुलो रेकर्ड रकम तिरेर ब्राजिलियन फिलिप कोन्टिन्होलाई भित्राएको अर्को साता कोलम्बियन सेन्टर ब्याक यरी मिनालाई भित्राएको हो ।

बार्सिलोनाले मिनालाई किनेको जानकारी दिदै साढे ५ बर्षका लागि उनि बार्सिलोना आएको जानकारी दिएको छ । २३ बर्षिय डिफेन्डर यसअघि मिना ब्राजिलियन क्लब पल्मेईरासमा खेल्ने गर्दथे ।

बार्सिलोनाले मिनालाई ११.८ मिलियन युरोमा भित्राएको बताइएको छ । सन् २०१६ मा कोलम्बियाको राष्ट्रिय टिममा डेभ्यु गरेका मिनाले कोलम्बियाका लागि ९ खेल खेल्दै ३ गोल गरेका छन्  ।

जाभियर मस्चेरानोले बार्सिलोना छोड्ने भएपछि उनको ठाउमा मिनालाई ल्याएको बताइएको छ । उनले बार्सिलोनाको डिफेन्समा जेरार्ड पिकेलाई सहयोग गर्ने बताइएको छ ।

बार्सिलोनाका अर्का डिफेन्डर सामुएल उम्टिटिपनि बार्सिलोना छोडेर म्यान्चेस्टर सिटी या युनाइटेड जाने तयारी गएकाले बार्सिलोन ले डिफेन्डर मिनालाई भित्राएको हो ।
    
 

सम्बन्धित समाचार

बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेनको प्रशिक्षकमा नियुक्त 

काठमाडौँ । बार्सिलोनाका पुर्वप्रशिक्षक लुइस इनरिक स्पेन राष्ट्रिय फुटबल टिमको नयाँ म्यानेजर बनेका छन् ।  इनरिक २ बर्षका लागि स्पेनको म्यानेजरमा नियुक्त भएका हुन् । गत बर्ष बार्सिलोनाबाट राजीनामा दिएका इनरिक

पाउलिन्हो बार्सिलोनाबाट लोनमा चाइनिज क्लब गोन्जाउ गए  

काठमाडौँ । बार्सिलोनाबाट खेल्ने ब्राजिलका मिडफिल्डर पाउलिन्हो चाइनिज क्लब गोन्जाउ एभरग्रान्डमा खेल्ने भएका छन् । बार्सिलोनाबाट पाउलिन्हो एक सिजनका लागि लोनमा चाइनिज क्लब गोन्जाउमा जाने भएको बार्सिलोनाले जनाएको छ । गोन्जाउले

डिफेन्डर उमटिटिद्वारा बार्सिलोनामा ५ बर्षका लागि सम्झौता नवीकरण

काठमाडौँ । फ्रान्सका २४ बर्षिय डिफेन्डर साम्युअल उमटिटिले बार्सिलोनामा आफ्नो सम्झौता नवीकरण गरेका छन् ।  बार्सिलोनाले उमटिटिले क्लबमा ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेको जानकारी दिएको छ । नयाँ सम्झौता

एन्टोनी ग्रिजम्यानले विश्वकप अघि बार्सिलोना जाने बारे निर्णय लिने 

काठमाडौँ । फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानले विश्वकप अघि नै आफुले आफ्नो भविष्यबारे निर्णय गर्ने बताएका छन् । इटालीसँग मैत्रीपूर्ण खेल खेल्नु अघि मिडियासँग कुरा गर्दै ग्रिजम्यानले विश्वकप अघि नै क्लबमा आफ्नो