कोन्टिन्होपछि बार्सिलोनाले भित्रायो अर्को खेलाडी

खरीबोट

काठमाडौ । स्पेनिस फुटबल महारथी बार्सिलोनाले यस सिजनमा दोर्सो खेलाडी भित्राएको छ । 

दोस्रो ठुलो रेकर्ड रकम तिरेर ब्राजिलियन फिलिप कोन्टिन्होलाई भित्राएको अर्को साता कोलम्बियन सेन्टर ब्याक यरी मिनालाई भित्राएको हो ।

बार्सिलोनाले मिनालाई किनेको जानकारी दिदै साढे ५ बर्षका लागि उनि बार्सिलोना आएको जानकारी दिएको छ । २३ बर्षिय डिफेन्डर यसअघि मिना ब्राजिलियन क्लब पल्मेईरासमा खेल्ने गर्दथे ।

बार्सिलोनाले मिनालाई ११.८ मिलियन युरोमा भित्राएको बताइएको छ । सन् २०१६ मा कोलम्बियाको राष्ट्रिय टिममा डेभ्यु गरेका मिनाले कोलम्बियाका लागि ९ खेल खेल्दै ३ गोल गरेका छन्  ।

जाभियर मस्चेरानोले बार्सिलोना छोड्ने भएपछि उनको ठाउमा मिनालाई ल्याएको बताइएको छ । उनले बार्सिलोनाको डिफेन्समा जेरार्ड पिकेलाई सहयोग गर्ने बताइएको छ ।

बार्सिलोनाका अर्का डिफेन्डर सामुएल उम्टिटिपनि बार्सिलोना छोडेर म्यान्चेस्टर सिटी या युनाइटेड जाने तयारी गएकाले बार्सिलोन ले डिफेन्डर मिनालाई भित्राएको हो ।
    
 

सम्बन्धित समाचार

बार्सिलोनाले चेल्सीलाई हराउदै जित्यो युइएफए युथ लिगको उपाधि 

काठमाडौं । बार्सिलोनाले युइएफए अन्डर १९ युथ लिगको उपाधि जितेको छ । गएराती भएको फाइनलमा चेल्सीको युथ टिमलाई ३-० गोल अन्तरले हराउदै बार्सिलोनाले सो उपाधि जितेको हो । बार्सिलोनाले पछिल्लो ५ बर्षमा

बार्सिलोनामा आन्द्रे इनेस्टा : १६ बर्ष ३१ उपाधि, ३२औं को तयारी

काठमाडौँ । च्याम्पियन्स लिगमा अप्रत्याशित बहिर्गमनपछि बार्सिलोनाले शनिबार राति कोपा डेल रेको उपाधि जितेर घाउमा मलम लगाउने प्रयास गर्यो ।  तर कोपाको उपाधि उचाल्द नउचाल्दै बार्सिलोनाका लिजेण्ड प्लेमेकर आन्द्रे इनेस्टाले क्लब

एथलेटिको म्याड्रिड बराबरीमा रोकियो, उपाधि जित्न बार्सिलोनाले बराबरी खेले पुग्ने 

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिड बराबरीमा रोकिएको छ ।  गएराती रियल बेटिसविरुद्ध भएको खेलमा एथलेटिको बिना कुनै गोल बराबरीमा रोकिएपछि अब बार्सिलोनालाई ला लिगाको उपाधि जित्न खेल बराबरी खेले

इनेस्टाले बार्सिलोना छोड्दै, ला लिगाले गर्यो खुलासा 

काठमाडौं । बार्सिलोनाका लिजेण्ड प्ले मेकर आन्द्रे इनेस्टाले क्लब छोड्ने रिपोर्ट आएको छ ।  गएराती भएको कोपा डेल रेको उपाधि जिते पछि इनेस्टाले क्लब छोड्ने रिपोर्ट आएको हो । उनले यस