• २०८१ बैशाख ४ मंगलबार

फिल्म ‘जस्मिन’मा ऐश्वर्याको नाम जोडेर प्रमोशन गर्न खोजेको आरोप

kharibot

मुम्बई — केही समय अगाडि बलिउड नायिका ऐश्वर्या रायले नयाँ बन्ने फिल्म ‘जस्मिन’ मा सरोगेट अमाको भूमिकामा खेल्ने बताइएको थियो । तर, यो कुरा फिल्म प्रमोशनको लागि ऐश्वर्याको नाम जोडेको आरोप ऐश्वर्याले लगाएकी छन् । 

भारतीय पत्रिका नबभारत टाइम्सका अनुसार अहिले ऐश्वर्या राय आफ्नो फिल्म ‘फन्ने खाँ’ को सूटिङमा व्यस्त छिन् । यो बाहेक उनले कुनैपनि प्रोजेक्टलाई सहि नगरेको समेत बताइएको छ । 
तर, जस्मिनको प्रमोशनका लागि उनको नाम जोड्नाले स्वयं ऐश्वर्या पनि खुशी नभएको बताइएको छ ।

जस्मिन एक सत्य घटनामा आधारीत फिल्म हो । जुन गुजुरातकी एक महिलाको जीवनीमा आधारित छ । यसमा प्रेरणा आरोडा र नारायण सिंहले निर्माण गर्ने भएका छन् ।
भने , प्रेरणाले भनेकी छन् कि ऐश्वर्या यो फिल्ममा हुदाँ उनलाई राम्रो हुन्छ तर, उनी फिल्ममा अभिनय गर्ने नगर्ने भन्नेमा ऐशको समयमा निर्भर हुन्छ । फिल्म ‘फन्ने खाँ’ ऐश्वर्या सँग अनील कपुर र राजकुमार राँव मुख्य भूमिकामा छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै