• २०८१ बैशाख ४ मंगलबार

श्रीमतीसँग डिभोर्स नगरी किशोरी छोरीसँग विवाह !

kharibot

हुप्टम्यान र केली डुरोभिक । तस्बिर : न्युयोर्कपोष्ट/फेसबुक

उत्तर अमेरिका । एक जना पेनिसिल्भानियाका मानिसलाई जेल पठाइएको छ । श्रीमतीसँग सम्बन्धविच्छेद नगरी आफ्नै सौतेली छोरीसँग विवाह गरेको भन्दै ती मानिसलाई जेल पठाइएको हो । 

पक्राउ पर्नेमा ४४ वर्षका क्रिष्टोफर आई. हप्टम्यान रहेका छन् । पेनलाइभका अनुसार उनलाई नर्दम्बर ल्याण्ड काउन्टी अदालतमा पेस गरिएको जनाइएको छ । उनले ४३ वर्षकी फ्लोरिडा बस्ने शानन डेट्रिचसँग सन् २०१५ मा विवाह गरे पनि एक वर्षपछि नै उनले डेट्रिचकी १८ वर्षीया छोरी केली डुरोभिकसँग विवाह गरेका थिए । 

पछि उनको हर्कत प्रहरीले चाल पाएपछि उनलाई जेल सजाय तोकिएको बताइएको छ । हुप्टम्यान अहिले डेट्रिचसँग सम्पर्कमा छैनन् तर उनकी छोरीसँग भने अझै सम्बन्धमा रहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै