• २०८१ बैशाख ८ शनिबार

सलमान खानलाई मार्ने धम्कि आएपछि रेस-३ को सुटिंग स्थगित 

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानलाई मार्ने धम्कि आएपछि उनले हाल सुटिंग गरिरहेको फिल्म रेस-३ को सुटिंग स्थगित भएको छ ।

मुम्बई मिररका अनुसार गत मंगलबार फिल्म रेस-३ को सुटिंग गरिरहेका बेला हतियार सहितका प्रहरी आएर सो बारे जानकारी दिदै सलमानलाई हतारमा उनको घर लगेको बताइएको छ । प्रहरीले सलमानलाई साइकिल चलाउन र बिना सुरक्षा बाहिर ननिस्किन सल्लाह दिएको बताएको छ । 

गत बिहिबार कालो हरिण मारेको मुद्धामा बयान दिन जोधपुर पुगेका सलमानलाई राजेस्थान कै ग्याङस्टर ल्वरेन्स विश्नोईले सलमानलाई मार्ने धम्कि दिएको उल्लेख गरिएको छ ।
विश्नोई हत्या, असुली तथा अपहरणका आरोपमा पटक पटक जेल परेका व्यक्ति भएको मुम्बई मिररले उल्लेख गरको छ ।

विश्नोई कालो हरिणलाई पुजा गर्ने समुदायका भएको र सलमानलाई कालो हरिण मारेको आरोप लागेकाले उनको हत्या गर्ने धम्कि दिएको बताइएको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै