• २०८१ बैशाख ७ शुक्रबार

फ्रेन्च लिग कपमा पिएसजी सेमिफाइनलमा, गोलपछि नेइमारको यस्तो सेलिब्रेशन 

kharibot

काठमाडौँ । पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो । पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले गोल गरेका थिए ।

एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४औँ मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई फउल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एमिएन्स १० खेलाडीमा सिमित भएको थियो ।

यस्तै थोमस मोन्कोन्डुइट्ले नेइमारलाई फउल गरेपछि खेलको ५३औँ मिनेटमा पिएसजीले पाएको पेनाल्टीलाई नेइमारले गोलमा परिणत गरेका थिए । यस्तै पिएसजीका लागि दोस्रो गोल खेलको ७८औँ मिनेटमा राबिओट्ले गरेका थिए । 

नेइमारले पिएसजी आएपछि खेलेका कुल २२ खेलमा २० गोल गरिसकेका छन् । फ्रेन्च लिग कपमा आफ्नो पहिलो खेल खेलेका नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन् । लिग कपमा डेभ्यु गोल गरेपछि नेइमारले आफ्नो बुट निधारमा राखेर खुशियाली सेलिब्रेशन गरेका थिए । 

पिएसजीले फ्रेन्च लिग कपको सेमिफाइनलमा रेनसँग प्रतिस्पर्धा गर्नेछ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै