फ्रेन्च लिग कपमा पिएसजी सेमिफाइनलमा, गोलपछि नेइमारको यस्तो सेलिब्रेशन 

खरीबोट

काठमाडौँ । पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो । पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले गोल गरेका थिए ।

एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४औँ मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई फउल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एमिएन्स १० खेलाडीमा सिमित भएको थियो ।

यस्तै थोमस मोन्कोन्डुइट्ले नेइमारलाई फउल गरेपछि खेलको ५३औँ मिनेटमा पिएसजीले पाएको पेनाल्टीलाई नेइमारले गोलमा परिणत गरेका थिए । यस्तै पिएसजीका लागि दोस्रो गोल खेलको ७८औँ मिनेटमा राबिओट्ले गरेका थिए । 

नेइमारले पिएसजी आएपछि खेलेका कुल २२ खेलमा २० गोल गरिसकेका छन् । फ्रेन्च लिग कपमा आफ्नो पहिलो खेल खेलेका नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन् । लिग कपमा डेभ्यु गोल गरेपछि नेइमारले आफ्नो बुट निधारमा राखेर खुशियाली सेलिब्रेशन गरेका थिए । 

पिएसजीले फ्रेन्च लिग कपको सेमिफाइनलमा रेनसँग प्रतिस्पर्धा गर्नेछ ।  
 

सम्बन्धित समाचार

पिएसजीका पुर्वम्यानेजर इमेरी आर्सनलको म्यानेजर बन्ने निश्चित 

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब आर्सनलको नयाँ म्यानेजरमा फ्रान्सको पिएसजीका पुर्व म्यानेजर उनाइ इमेरी बन्ने भएका छन् । यसै सिजनमा पिएसजी छोडेका इमेरीले २२ बर्षसम्म आर्सनलको म्यानेजर बनेका आर्सन वेंगरको

पिएसजीले जित्यो लगातार चौथो पटक कोपा डे फ्रान्सको उपाधि 

काठमाडौँ । फ्रेन्च लिग वान क्लब पिएसजीले लगातार चौथो पटक कोपा डे फ्रान्सको उपाधि जितेको छ । गएराती भएको फाइनलमा पिएसजीले लेस हरबियर्सलाई २-० गोल अन्तरले पराजित गर्दै लगातार चौथो पटक

पिएसजीका म्यानेजर एमेरीद्वारा क्लब छोड्ने घोषणा

काठमाडौँ । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का म्यानेजर उनइ एमेरीले यस सिजनपछि क्लब छोड्ने घोषणा गरेका छन् । सेभिलाबाट २०१६ मा पिएसजी गएका एमेरीले च्याम्पियन्स लिगको अन्तिम

पिएसजीले सातौ पटक जित्यो फ्रेन्च लिगको उपाधि

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।  गएराती भएको खेलमा मोनाकोलाई ७-१ गोल अन्तरले पराजित गर्दै फ्रेन्च लिगको उपाधि जितको हो ।  पिएसजीले ५ खेल अगाडी नै लिगको