• २०८१ बैशाख ११ मंगलबार

चेल्सी र आर्सनलबीचको खेल बिना कुनै गोल बराबरीमा  

kharibot

काठमाडौँ । लिग कपको सेमिफाइनल अन्तर्गतको खेलमा चेल्सी र आर्सनल विना कुनै गोल बराबरीमा रोकिएका छन् । 

गएराती भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय दोस्रो लिगबाट हुने भएको छ ।

यस खेलमा आर्सनलका खेलाडी ज्याक विल्सयर घाइते हुदा मैदानबाट बाहिरिन परेको थियो भने आर्सनलका म्यानेजर आर्सन वेंगर प्रतिबन्ध लागेका कारण प्रेस बक्सबाट खेल हेर्न बाध्य भएका थिए ।

साथै यो खेल आर्सनलका चिलियन फरवार्ड एलेक्सिस सान्चेजको फेयरवेल खेलको रुपमा पनि लिइएको छ । सान्चेज केहिदिन मै अर्को इङलिश क्लब म्यान्चेस्टर सिटी जाने तय भइसकेको ब्रिटिश मिडियाहरुले उल्लेख गरेका छन् ।

यी दुई टिमबीच सेमिफाइनलको दोस्रो लिग आगामी जनवरी २५ मा हुने छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै