फ्यानसँग रोनाल्डोको लुकाछिपी, किन छोपे अनुहार ?

खरीबोट

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो कोपा डेल रेको खेल अघि एक रेस्टुरेन्ट बाहिर आफ्नो अनुहार छोपेको अवस्थामा भेटिएका छन् ।

नुमान्सियाविरुद्धको खेल अघि रियलका स्टार खेलाडी रोनाल्डो आफ्नो अनुहारलाई कालो स्कापले छोपेर आफ्ना फ्यानहरुसँग लुक्ने प्रयास गरेका थिए । रोनाल्डोले मुख छोपे पनि उनलाई फ्यानहरुले चिनेर पछ्याएका थिए ।

पछिल्लो ला लिगाको खेलमा बराबरीमा रोकिएपछि चर्को आलोचना खेपेको रियल टिमले बुधबार राति कोपा डेल रेको अन्तिम १६ को दोस्रो लिगमा रोनाल्डोलाई आराम दिइएको थियो । नुमान्सियाविरुद्धको पहिलो लिगमा पनि रोनाल्डोलाई आराम दिइएको थियो ।

३२ बर्षिय रोनाल्डो ला लिगामा यस सिजनमा लयमा फर्किन संघर्ष गरिरहेका छन् । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १६ अंकले पछाडी रहेको रियलका लागि ला लिगामा रोनाल्डोले केबल ४ गोल गरेका छन् । 
 

सम्बन्धित समाचार

मेसी र रोनाल्डोलाई बिर्साउने यी हुन् यस विश्वकपका उत्कृष्ट खेलाडी 

काठमाडौँ  । ३२ टिमबीचको घमासान पछि फ्रान्सले यस पटकको विश्वकप  जितेको छ । विश्वकप सकिए सँगै यस विश्वकपका उत्कृष्ट खेलाडीहरुको चर्चा हुन् थालेको छ । उनीहरुले विश्वकपमा गरेको प्रदर्शनले विभिन्न लिगमा

रोनाल्डोको लोकप्रियताले युभेन्टस दंग, टुरिन शहरमा प्रतिमा बनाउने तयारी

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि इटालीमा रोनाल्डोको लोकप्रियता बढिरहेको छ ।  पछिल्लो मिडिया रिपोर्टका अनुसार युभेन्ट्सले इटालीको टुरिन शहरमा रोनाल्डोको प्रतिमा राख्ने योजना बनाएको छ । क्लबका अधिकारीहरुले पर्यटन प्रवर्धन

युभेन्ट्स पुगेर रोनाल्डोले भने - नयाँ चुनौती स्वीकार गरेर इटाली आएको हु'

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा आधिकारिक रुपमा आफ्नो ट्रान्सफर पुरा गरेका छन् । इटालीको टुरिन शहरमा सोमबार दिनभर रोनाल्डोले आफ्नो ट्रान्सफरको प्रक्रिया पुरा गरेका छन् ।  परिवारसहित टुरिन पुगेका

विश्व फुटबलमा मेसी र रोनाल्डोको राज तोड्दै लुका मोड्रीच !

काठमाडौँ । विश्वकप फाइनलको समीकरण पुरा भएसँगै अभ विश्व फुटबलमा रोनाल्डो र मेसीको युग समाप्त भएको चर्चा चल्न थालेको छ ।  फ्रान्सका युवा खेलाडी किलीयन एम्बाप्पेलाई अब फुटबलको नयाँ सुपरस्टारको रुपमा